arrow

एनसेलले ल्यायो सापटीमा नयाँ योजना

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजना अन्तर्गत बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन सक्नेछन्। देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सापटीमा नयाँ योजना ल्याएको छ जस अन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधा मार्फत अब बिना कुनै सेवा शुल्क अझै बढि रकम सापटी स्वरुप लिन सक्नेछन्।
 

मई दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना यही सोमबार (वैशाख १८) देखि लागु हुने्छ। यो योजना अन्र्तगत प्रिपेड सेवाका ग्राहकले बिना कुनै सेवा शुल्क रु ३० सापटी प्राप्त गर्न सक्नेछन्। दुई महिना वा सो भन्दा बढि देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो योजना अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी लिन सक्नेछन्।


सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्नेछन्। 
 

एस्ट्रिक्स९९८८ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन्। सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ। यदि रिचार्ज गरिएको रकम रु ३० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ। प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरिे बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन्।
 

“ग्राहक माझ निकै नै लोकप्रिय रहेको एनसेल सापटी अन्तर्गत यो विषेश योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ। हामीलाई विश्वास छ यो सेवाले हाम्रा ग्राहकलाई सम्पर्कमा रहि रहन थप मद्दत पुर्याउनेछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। 
 
आफ्ना ग्राहकका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ।प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्ना मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । यद्यपि ग्राहकले आफुले लिएको सापटीको रकम पुरा चुक्ता नगरेसम्म अर्को सापटी  लिन पाउँने छैनन्।
 
एनसेल सापटी अन्तर्गतको यो योजना १५ दिनको लागि मान्य हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ