arrow

भूकम्प पीडितलाई हवाई मार्गबाट न्यानो लत्ताकपडा उपलब्ध आयोगको आग्रह

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Nepals-National-Human-Rights-Commission.jpeg.jpeg
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरुलाई हवाई मार्गबाट न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा तत्काल उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगको टोलीले हालै सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, मकवानपुर, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका भूकम्प पीडितको अवस्थाको बारेमा अनुगमन गरेपछि उक्त आग्रह गरेको हो ।

चिसोका कारणबाट सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक र रामेछापमा उलेख्य संख्यामा भूकम्प पीडितहरुको मृत्यु भएको र यो क्रम बढ्दै जाने अवस्थामा रहेको जनाउँदै आयोगले भूकम्प प्रभावित व्यक्तिहरु न्यानो लत्ताकपडा लिनको लागि बजारसम्म जान नसक्ने अवस्थामा रहेको कारण पीडितहरुलाई यथासक्य न्यानो कपडा उपलब्ध गराउन आग्रह गरेको छ ।

आयोगको अनुगमनका क्रममा अधिकांश गाबिसका भूकम्प पीडितहरुले सरकारद्वारा वितरित रु.१५ हजार रकम प्राप्त गरिसकेको पाइएतापनि सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र ललितपुर जिल्लाका केही गाबिसहरुमा अझै पनि उक्त रकम वितरण हुन नसकेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  सरकारद्वारा भूकम्प पीडितलाई न्यानो कपडा किन्नको लागि रु. १० हजार रकम गाविस मार्फत वितरण प्रक्रिया अगाडि बढाइएको भनिए पनि कतिपय गाबिसमा सचिवको अभाव र कार्यबोझ आदिका कारण तथ्यांक सत्यतामा शंका एवं स्थानीय विवाद समेतका कारणबाट अधिकांश पीडितहरुले उक्त रकम अझै प्राप्त गर्न नसकेको आयोगको अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनका क्रममा काठमाडौंको चुच्चेपाटी, रसुवाको नौबिसे–लहरेपौवा, नुवाकोटको इन्द्रायणीचौर, भक्तपुरको सानोठिमी, चाँगू, भेलुखेल, सानो व्यासी, भक्तपुर नगरपालिका लगायतका शिविरहरु व्यवस्थित हुन नसक्दा पानी, शौचालय तथा महिलाहरुको सुरक्षा लगायत लैंिगक समस्या रहेको पाइएको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ