arrow

संविधान कार्यान्वयन सम्झिएर फेरि गृहमन्त्रालयमा फर्किएँ : निधि 

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
nidhiwithmala.jpg

जनकपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन सम्झिएर आफू फेरि गृहमन्त्री बनेर मन्त्रालय फर्किएको जनाएका छन् । गत आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदबाट राजीनामा दिएका निधिले बिहीबार  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री तथा पार्टी सभापतिको आग्रहमा आफू फेरि मन्त्री बनेको बताएका हुन् । 

 

मन्त्री निधिले गत बर्ष जारी भएको संविधान कार्यान्वयनकालागि पनि निर्वाचन आवश्यक रहेको र त्यसकालागि आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा मन्त्रालय सम्हाल्न राजी भएको दाबी गरे । 

 

आफूले राजीनामा दिएपछि मधेशवादी दलका नेताहरुले ऐक्यबद्धता जनाएको जानकारी दिँदै अहिले मुलुकको राजनीतिक स्थायित्वकालागि आफू सधैँ लागिपर्ने प्रतिबद्धता पनि जनाए । संसदमा पेश भएको संविधान संशोधन पारित भएपछि राजनीतिक स्थिरता कायम हुने पनि मन्त्री निधिको विश्वास छ । 

 

मन्त्री निधि जानकी नवमी पर्वको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन् । उनलाई स्वागत गर्न हजारौँको संख्यामा मोटरसाईकल र्याली सहित कार्यकर्ताहरु विराटनगर विमानस्थल पुगेका थिए ।
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ