arrow

मेयरका उम्मेदवार शाक्यको योजना फोहोर व्यवस्थापनदेखि मेट्रो रेलसम्म

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
bidhyasundar_bhaktapur.jpg

भक्तपुर । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको समृद्धिका लागि आफुले बनाएका सबै योजनामा राजधानीबासीले सहयोग र साथ दिने बताएका छन् । 

 

रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महानगरपालिकाको यातायात व्यवस्थापन, ढल निकास, स्मार्ट पार्किङ निर्माण, मेट्रो सिटी, मोनो रेल र खानेपानी तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङसाईडको स्थापना गर्ने लगायतका योजना अघि सारेको बताए । 

 

उनले काठमाडौंलाई अन्य विदेशी शहरको नामबाट नभई काठमाडौंकै नामबाट विश्वभर चिनाउने अभियानमा यहाँको समग्र विकासलाई अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् । 

 

आगामी ३१ मा हुने स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमालेको जीत निश्चित भएको दाबी गर्दै उनले यसका लागि विभिन्न खालका अभियान चलिरहेको जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ