arrow

स्याङ्जामा एमालेका उमेदवारले काँग्रेसका कार्यकर्ता कुटे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ वैशाख २४ आइतबार
galyang-syangja.png

स्याङ्जा। गल्याङ नगरपालिका वडा नं. ७ का एमालेका तर्फबाटका उमेदवारले बैशाख २३ गते राती काँग्रेसका कार्यकर्तालाई कुटपिट गरी घाईते बनाएका छन्। वडा सदस्यका उमेदवार चण्डीप्रसाद भण्डारीको नेतृत्वमा सोही गाविसका कार्यकर्तामाथी कुटपिट गर्दा ४ जना काँग्रेसका कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेहरुमा २३ बर्षिय गंगाधर पाठक, २१ का सुर्दशन भण्डारी, १८ का सुदिप भण्डारी र २१ का प्रदिप भण्डारी घाईते भएको प्रहरीले जनाएको छ। उनीहरुको पोखरास्थित फेवा अस्पतालमा उपचार भइरहेको छ।

 

घर फर्कदै गर्दा उमेदवार भण्डारीले आफुलाई चुनावमा सहयोग गर्न दवाव दिएपछि विवाद सिर्जना भएको प्रहरीको भनाई छ। अहिले सम्म प्रहरीले उमेदवार भण्डारीलाई पक्राउ गरेको छैन भने कुटपिटमा संलग्न अन्य फरार रहेको प्रहरीको भनाई छ। बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा अगावै झडपका घट्नाहरु हुन थालेपछि सुरक्षा निकायलाई चुनौती देखिन थालेको छ। यस्ता घट्नाहरु फेरी नदोहोरिनका लागि प्रहरीले उच्च सर्तकताका साथ सुरक्षा अगाडी बढाउने जनाएको छ। 


घट्ना भएको थाहा पाए लगत्तै प्रहरी घट्ना स्थलमा पुग्न सवारी साधनको कठिनाईले समयमा पुग्न नसकेको बताइएको छ। प्रहरी घट्नास्थलमा नपुग्दै काँग्रेसका नेताहरुले घाईते ४ जनालाई एम्वुलेन्स मार्फत बाटोमा ल्याउदै गरेको अवस्थामा फेला पारेको र सोधपुछ गर्दा सामान्य घाइते भएको गल्याङ प्रहरी चौकीका प्रमुख जगदिश तिमिल्सिनाले बताए। यसको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ