arrow

ठूला तीन नेताको खिचडी पाक्यो, चुनाव लगत्तै मत गणना, बजेट जेठ १५ मै ल्याउने

संविधान संशोधनको ‘झारफुक’ जारी

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
tin_thula_neta.jpg

काठमाडौं । मुख्य तीन दलका अमुख नेताबीच पहिलो चरणको निर्वाचनको मत गणना तत्कालै गर्ने सहमति जुटेको छ । प्रमुख विपक्षी एमालेसहित केही दलले वैशाख ३१ गते आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनावको मत गणना दोस्रो चरणको मतदान सकिएपछि सँगै गर्नुपर्ने धारणा राख्दै आएकामा अमुख तीन नेताबीच यस्तो सहमति भएको हो ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्प कमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलले चुनाव सकिए लगत्तै मतगणना गर्ने निष्कर्ष निकाल्यो ।

प्रधानमन्त्रीको निजी सचिवालयले हाम्राकुरालाई भन्यो, ‘पहिलो चरणको मतदान सकिएपछि तत्काल मत गणना गर्ने, संविधानले तोकेको जेठ १५ मै सामान्य खालको काम चलाउ बजेट ल्याउने र पहिलो चरणको चुनाव पछि संविधान संशोधनका विषयमा सोच्ने सहमति भएको छ ।’ वैशाख ३१ को चुनाव पछि संविधान संशोधनको विषयमा सोच्ने भनिएको छ । जेठ ४ गते डाकिएको संसद बैठक महत्वपूर्ण हुने देखिएको छ ।  
तीन नेताहरुले जेठ १५ मै काम चलाउ मात्रै बजेट ल्याइने र सरकारको नीति तथा कार्यक्रमले चुनावलाई प्रभाव पार्न नहुनेमा नेताहरु सहमत भएका हुन् ।

यसअघि जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन गरिनु पर्ने र एकै चरणमा मत गणना गर्नुपर्ने अडान राख्दै आएको एमाले अब साइजमा आएको छ । उसले जेठ १५ को बजेटपछि दोस्रो चरणको चुनाव जेठ ३१ मै गरेपनि आपत्ति नहुने जनाएको छ ।

संविधान संशोधनमा भने एमालेले समर्थन गर्न नसक्ने भन्दै पूर्ववत अडान कायमै राखेको छ । एमाले अध्यक्ष केपी ओलीले छलफलका क्रममा संविधान संशोधनमा समर्थन गर्न नक्ने बताउँदा सत्ता साझेदार दलका शीर्ष नेता दाहाल र देउवाले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधनका विषयमा सहमति खोजिनु पर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ