arrow

युरोपा लिग फुटबलः म्यानचेस्टर युनाइटेड र आयाक्सबीच उपाधि भिडन्त

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
manutd-celtavigo.jpg

ओल्ड ट्राफोर्ड । इङलिश प्रिमियर क्लव म्यान्चेस्टर युनाइटेड र डच क्लव आयाक्सबीच युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । 

बिहीबार राति भएका सेमिफाइनलमा सफलता हासिल गर्दै म्यानचेस्टर र आयाक्स फाइनलमा पुगेका हुन् । 


आफ्नै मैदानमा भएको सेमीफाइनल दोस्रो लेगको खेलमा स्पेनिश क्लव सेल्टाभिगोसँग १–१ गोलको बराबरीमा रोकिएको म्यान्चेस्टर एग्रिगेटमा २–१ को जितसहित फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा म्यानचेस्टर युनाइटेड १–० ले विजयी भएको थियो । 

तनावपूर्ण दोस्रो लेगको खेलमा फेलाइनीले १७ मिनेटमै गोल गर्दै घरेलु टिम म्यानचेस्टरलाई अग्रता दिलाए । 

८५ औं मिनेटमा सेबास्तियन रोन्काले गोल गर्दै सेल्टाभिगोलाई बराबरीमा ल्याए । तर त्यसपछिको अन्तिम क्षण तनावग्रस्त बन्न पुग्यो । 

दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाए । दुवै टिमका खेलाडी आपसमा झगडा गर्न उत्रिएपछि म्यानचेस्टरका खेलाडी इरिक बेली र सेल्टाभिगोका खेलाडी रोन्कालाई रोमानियाका रेफ्री हातेगानले सीधै रातो कार्ड देखाएका हुन् । 

७५,१३८ दर्शकबीच भएको यो खेलपछि म्यानचेस्टर फाइनलमा पुगेको हो । 

यता, अर्को सेमिफाइनलमा फ्रेन्च क्लव लियोंसंग ३–१ ले पराजित भएपनि एग्रिगेटमा ५–४ ले विजयी हुँदै आयाक्स फाइनलमा पुगेको हो ।

पहिलो लेगको खेलमा आयाक्स ४–१ ले विजयी भएको थियो ।

Marouane Fellaini (right) celebrates with Jesse Lingard (left) after giving his team the lead in the Europa League clash

 

Belgian midfielder Fellaini (right) heads past Celta Vigo goalkeeper Sergio Alvarez (left) to open the scoring

The 29-year-old (left) made the most of his chance after being found at the back post by Marcus Rashford 

Fellaini (2nd left) is congratulated by his United team-mates after breaking the deadlock at Old Trafford

Manchester United and Celta Vigo players watch on as Facundo Roncaglia's header nestles into the bottom corner

Roncaglia (centre) races back to the halfway line with his team-mates after equalising in the 85th minute

Bailly (centre) and  Roncaglia (2nd left) are both shown red cards by Romanian referee Ovidiu Hategan (right)

Pogba (centre) produced a superb bit of ball juggling to find his way past two Celta midfielders and start an attack

English forward Lingard (right) makes a pass before he is challenged by defensive midfielder Radoja (left)

Spanish midfielder Ander Herrera (left) holds off Danish winger Daniel Wass (right) during the semi-final showdown

United captain Wayne Rooney watches on from the bench after being left out of the starting line-up by Mourinho

Spanish midfielder Pablo Hernandez (right) unleashes a fierce shot from range which was tipped over by RomeroHenrikh Mkhitaryan (2nd left) came close to doubling the lead with a rasping strike from outside the box



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ