arrow

सडक खन्दा स्काभेटर चालक नै पुरिए, यसरी भयो उद्धार

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
baglungroad.jpeg

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ । 

बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए । 

धनसिरा माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका मतदान अधिकृत उज्ज्वल गिरी, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट, सशस्त्र प्रहरी र स्थानीयवासीले चालक तामाङलाई उद्धार गरेका हुन् । 

‘पहिरोले आधा शरीर पुरिएका चालक तामाङलाई हामीले सकुशल उद्धार गर्यौं, मतदान अधिकृत गिरीले भने, ‘गोडा, घुँडालगायत ठाउँमा चोट लागेका तामाङलाई मतदानस्थलमै प्राथमिक उपचार गरिएको छ ।’ 

चालक तामाङको अवस्था सामान्य रहेको गिरीले बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पहिरोले पुरिएर सामान्य घाइते भएका चालक तामाङको सकुशल उद्धार गरिएको जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ