arrow

आइपीएलमा पंजाब सबभन्दा रोमाञ्चक टिम, क्लाइमेक्ससम्म लैजाने लक्ष्य 

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
preeti-zinta.JPG

मुम्बई । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटको दशौं संस्करणमा किंग्स एलेभेन पंजाब सबैभन्दा रोमाञ्चक टिम बनेको छ । पंजाबले पछिल्ला तीनमध्ये पहिलो खेलमै हार बेहोरेको भए प्ले अफ समीकरण बन्ने थियो ।

तर लगातार दुई खेल जितेर प्लेअफ पुग्ने सम्भावना बलियोमात्र बनाएको छैन लिगमा रोमाञ्चक मोडमा पनि लगेको छ । बलिउड अभिनेत्री प्रिती जिन्टाको लगानीमा रहेको पंजाबले फिल्मी शैलीमै आफ्नो टिमलाई क्लाइमेक्ससम्म पुर्याउन निकै मेहनत गरिहेको छ । 
लगातार दोस्रो जित निकाल्ने क्रममा शीर्ष स्थानको मुम्बई इन्डियनलाई उसकै मैदानमा ७ रनको रोमाञ्चक जित हासिल गरेर पंजाबले कीर्तिमानसमेत बनाएको छ । बिहीबार राति मुम्बईमा भएको खेल पंजाबले ७ रनले जित्यो । 

पहिले ब्याटिङ गरेको पंजाबले ३ विकेटको नोक्सानीमा २३० रन बनायो । यो योगफल जारी आइपीएलको सबैभन्दा उच्च योगफल हो ।

आइपीएलकै इतिहासको सर्वाधिक स्कोर भने सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले राइजिङ पुने सुपरजाइन्टसविरुद्ध ५ विकेटको नोक्सानीमा २६३ रन बनाएको थियो । 
ऋद्धिमन शाहाले ५५ बलमा ३ छक्का र ११ चौकाको मद्धतले ५५ बलमा नटआउट ९

३ रन बनाए । त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले २१ बलमा ५ छक्काको मद्धतले ४७ रन बनाए । ओपनर मार्टिन गुप्टिलले १८ बलमा ३६ रन जोडे । 
जवाफमा मुम्बईले यति ठूलो चुनौतीलाई पछ्याइरहँदा ६ विकेटको नोक्सानीमा २२३ रन बनाउन सक्यो । 
१२१ रन जोड्दा ४ विकेट गुमाएको मुम्बईका लागि ओपनर लेन्डिल सिमोन्सले ३२ बलमा ५९, किरोन पोलार्डले २४ बलमा ५ छक्काको मद्धतले नटआउट ५० रन जोडे ।

त्यस्तै हार्दिक पाण्डेयाले १३ बलमा ३०, पार्थिव पटेलले २३ बलमा ३८, कर्ण शर्माले ६ बलमा १९ रन जोडे । 
यो योगफल दुवै इनिङको जोडेर आइपीएलको सबैभन्दा बढी योगफल हो । 
यो जितपछि पंजाबको प्लेअफ सम्भावना जिवितै छ । मुम्बईको १३ खेलबाट १८, कोलकाता नाइट राइडर्सको १३ खेलबाट १६, राइजिङ पुने सुपरजाइन्टसको १२ खेलबाट १६, सनराइजर्स हैदराबादको १३ खेलबाट १५ तथा पंजाबको १३ खेलबाट १४ अंक छ । 
शुक्रबार दिल्ली डेयर डेभिल्स र पुने भिड्दै छन् । यो खेलमा विजयी भए पुनेले पनि प्लेअफमा ठाउँ सुरक्षित गर्नेछ । दिल्ली भने बाहिरिइसकेको छ । पुन पराजित भए प्लेअफ समीकरण अझै रोमाञ्चक बन्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ