arrow

काठमाडौं ३२ न‌ं वडाको ५० मत गन्दा काँग्रेस अगाडि  

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौं । काठमाडौं महागरपालिकाको ३२ नं वडाबाट काँग्रेसले अग्रत सुरु गरेको छ । ३२ नं वडाबाट मेयर पदका लागि ५० मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीको सबैभन्दा बढी १५ मत आएको कामपा वडा न ३२ वडा प्रशासकीय प्रमुख विमला कोइरालाले जानकारी दिइन् । 

यसबीच कांग्रेसले वडा १ बाट १६८ मत पाएको छ। यो समेत जोड्दा काँग्रेसले अहिलेसम्म ल्याएको मत १८३ पुगेको छ। त्यस्तै, नेकपा एमालेका विद्यासुन्दर शाक्यले वडा नम्बर ३२ मा १३ मत ल्याएका छन् भने वडा १ मा २५६ मत ल्याएका छन् । दुवै जोड्दा एमालेको अहिलेसम्मको मत २६९ पुगेको छ। 

विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १२ मत ल्याएकी छन्। उता वडा १ मा उनको १३२ मत छ। दुवै जोड्दा उनको मत १४४ पुगेको छ। त्यस्तै साझा पार्टीका किशोर थापाले ३२ वडामा १ मत ल्याएका छन् भने १ वडामा १७० मत छ। उनको अहिलेसम्मको मत १५५ पुगेको छ। माओवादी केन्द्रले ३२ वडामा ल्याएको ३ र वडा १ को १७ मत गरी २० पुगेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ