arrow

उपत्यका भित्र राप्रपाले खाता खोल्यो 

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
RPP-N111.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा नै खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर २ मा राप्रपाका वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर  पण्डितले विजय हाँसिल गरेका हुन् । 

उनले कूल ६ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ६ सय ४५ मत मात्रै ल्याए । काँग्रेसका उम्मेदवार भने सो वडामा तेस्रो भएको छ । 

 गोकर्णेश्वर १ बाट भने काँग्रेसका राम मान्नधर विजयी भएका छन। 

मेयर उपमेयरमा काँग्रेस अगाडी
गोकर्णेश्वरको मेयर उपमेयरमा काँग्रेसका उमेद्वारहरु अगाडी छन्। दुई वडाको नतिजा सार्वजनिक हुँदासम्म काँग्रेसका सन्तोष चालिसेको १६८६ र एमालेका पूण्य चौलागाईको १३४० छ। उपमेयरमा  काँग्रेसका शान्ति नेपालको १६२८ र शान्ति श्रेष्ठको १४०७ रहेको छ। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ