arrow

पत्रकार महासंघ केन्द्रीय नेतृत्व विरुद्ध आन्दोलनमा जाने पेशागत संगठनहरुको चेतावनी

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
birodh.jpg

लहान । नेपाल पत्रकार महासंघ शाखा सिरहाको अधिवेशन केन्द्रको अनावश्यक हस्तक्षेपले समयमा हुन नसकेपछि यहाँका पेशागत संघ÷संगठनले विरोध जनाएका छन् । मंगलवार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, संघीय प्रेस फोरम नेपाल, प्रेस मञ्च नेपालले जति सक्दो चाँडै अधिवेशन गर्न माँग गरेको छ । नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

पत्रकार महासंघको विधान अनुसार प्राय तिन÷तिन वर्षमा तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने हो तर केही कारणवश सिरहा शाखाको पछिल्लो फाल्गुन ७ गतेको लागि तोकिएको अधिवेशन पनि हुन सकेन् । त्यसपछि चैत ७ गते, बैशाख २२ गते, बैशाख ३० गतेका लागि तोकिएको मितिमा पनि भएन् ।

महासंघको विधान अनुरुप जिल्ला कार्य समितिले सर्वसम्मत निर्णयको आधारमा नयाँ सदस्यता सिफारिस र नवीकरणका लागि केन्द्रीय कार्यालयमा पठाएको नामावलीमा आफना मान्छे पनि थप्नु पर्ने भन्दै केन्द्रीय नेतृत्वले अनावश्यक दवाव दिएको कारणले पटक पटक शाखा अधिवेशन स्थगित भएको पेशागत संघ÷संगठनले निष्कर्ष निकालेका छन् । केन्द्रको दवाव विधान सम्मत नभएकोले मान्न सकिदैन् विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासंघको विधानको आधारमा जिल्ला शाखामार्फत नयाँ सदस्यता र नवीकरण सिफारिसलाई अनुमोदन गरी एक हप्ताभित्र जिल्ला शाखाको अधिवेशनको मिति तोकेर त्यसको लागि केन्द्रीय समितिले गर्नुपर्ने काम गरिदिन अनुरोध गरेका छन् । अन्यथा शाखा अधिवेशन नगरिए हामी महासंघको केन्द्रीय नेतृत्वको हस्तक्षेप विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनबाट हुने अप्रिय घटनाको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिनुपर्ने संयुक्त विज्ञप्तीमा उल्लेख छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ