- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसले भरतपुर महानगरपालिकामा विजयी खाता खोलेको छ । महानगरमा नेकपा माओबादी केन्द्रसँग तालमेल गरेर मेयर पदमा उम्मेदवारी नदिएको काँग्रेसले अहिलेसम्म गणना सम्पन्न भएको भरतपुर महानगरपालिका वडा नं १ मा विजयी सुरुवात गरेको हो ।
महानगरको १ नं वडाबाट काँग्रेसका जयराम श्रेष्ठ ११७७ मतका साथ वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनीसँगै भरतपुरमा काँग्रेसले विजयी खाता खोलेको हो ।
उता, भरतपुर महानगरको मेयरमा एमालेका उम्मेदवार देवी प्रसाद ज्ञवालीले १८ सय २१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार रेणु दाहालको १४ सय ३ मत आउँदा राप्रपाका उम्मेदवारको कूल १ सय ३५ मत आएको छ ।
त्यस्तै, उपमेयरमा काँग्रेसका उम्मेदवारको १७ सय ७५, एमालेका उम्मेदवारको १४ सय १२ र राप्रपाको १ सय ६१ मत आएको छ ।