- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्तरले वडाध्यक्षसहितको प्यानल नेपाली काँग्रेसले जित हासिल गरेको छ ।
वडा नं २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी भएका हुन् ।
आचार्यले एक हजार ३८५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार ३६८ मत ल्याए ।
त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्की काँग्रेसका उम्मेदवारहरु विजयी भए भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयीभए । रासस