arrow

टोटनह्यामले डिफेन्डिंग च्याम्पियनविरुद्ध ठोक्यो आधादर्जन गोल

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
totten.jpg

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्याम हट्सपरले शानदार जित दर्ता गरेको छ । 

टोटनह्यामले साबिक विजेता लेस्टर सिटीलाई उसकै मैदानमा ६–१ ले हराएको हो ।
 
टोटनह्यामको जितमा ह्यारी केन एक्लैले चार गोल गरे । दुई गोल सन हेङ–मिनले गरे । 

लेस्टरका लागि चिलवेलले एक गोल फर्काए । 

केन यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा उक्लिएका छन् । 

एक खेल बाँकी हुँदा अहिलेसम्म उनले २६ गोल गरेका छन् भने ७ गोलका लागि सहयोग गरेका छन् । 

दोस्रो स्थानमा रहेका एभर्टनका रामेलु लुकाकुले २४ तथा तेस्रो स्थानमा रहेका आर्सनलका एलेक्स सान्चेजले २३ गोल गरेका छन् । 

जितपछि दोस्रो स्थानको टोटनह्यामको ८३ अंक भएको छ । ११ औं स्थानको लेस्टरको ४३ अंक छ । 

उपाधि भने चेल्सीले जितिसकेको छ ।

Tottenham's golden boy Harry Kane smiles as he clutches the match-ball after scoring four against Leicester on Thursday

Son Heung-min and Ben Davies join the opening goalscorer Kane to celebrate in the Leicestershire rain on Thursday nightSon made it 2-0 a few minutes later when he got on the end of Dele Alli's through-ball to finish past Kasper Schmeichel



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ