arrow

नवलपरासीका ६ स्थानीय तहमा काँग्रेस र २ मा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
nawalpari_kawasoti1.png

काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा नवलपरासीका आठवटा स्थानीय तहमध्ये छवटा तहमा नेकाले विजय हासिल गरेको छ भने दुईवटा स्थानीय तहमा दोस्रो ठूलो दल नेकपा (एमाले)ले विजय हासिल गरेको छ । 

प्रमुख पदमा काँग्रेसका उम्मेदवार नगरपालिकातर्फ मध्यबिन्दु र देवचुली र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा विजयी बनेका हुन् । यसैगरी नेकपा (एमाले) उम्मेदवार गैँडाकोट र कावासोतीमा विजयी बनेका छन् । काँग्रेस चारवटै गाउँपालिकातर्फ हुप्सेकोटमा उपाध्यक्षबाहेक चार सबै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित विजयी बनेको छ । 

त्यसैगरी, नगरपालिकातर्फ पनि देवचुलीमा उपप्रमुखबाहेक प्रमुख र मध्यबिन्दुमा प्रमुख र उपप्रमुखमा काँग्रेसले विजय हासिल गरेको हो । 

नेकपा (एमाले)ले जिल्लाको गैँडाकोटमा उपप्रमुखबाहेक प्रमुखमा विजय हासिल गरेको छ भने कावासोतीमा भने प्रमुख र उपप्रमुखमा समेत विजयी हासिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ