arrow

आजभोलि काँग्रेसले जितेपनि मैले नै जिते जस्तो लाग्छ : प्रचण्ड

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
cm_prachanda.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले जितेपनि आजभोलि आफैंले जितेको जस्तो भान हुने बताएका छन् । कृषि तथा वन विज्ञान विश्व विद्यालयको केन्द्रीय कार्यालयको उद्धघाटन कार्यक्रममा शुक्रबार प्रचण्डले मुलुकमा स्थानीय तहको निर्वाचन भएर मुलुकले जितेकोले काँग्रेसले जितेपनि आफैंले जितेजस्तो लाग्ने, एमालेले जितेपनि आफैंले जितेजस्तो लाग्ने बताए ।

उनले भने 'निर्वाचन सम्पन्न भएपछि कस्ले जित्छ कस्ले हार्छ भनेर मैले हेर्ने गरेको नै छैन । अहिले त काँग्रेसले जितेपनि आफैंले जितेको जस्तो ठान्ने गरेको छु । एमालेले जितेपनि आफेंले जितेको जस्तो ठान्ने गरेको छु र माओवादीले जिते त यसै ठान्ने नै भईहालेँ ।' 

उनले निर्वाचन सकिएपछि एउटा ठूलो जिम्मेवारी पूरा भएको सोचेर आफूले टेलिभिजन पनि हेर्न छाडेको प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्र अहिलेसम्मको स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा अघिबढीरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ