arrow

महिला हिंसा अन्त्यको माग गर्दै प्रदर्शन

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
violence.jpg

काठमाडौँ । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् । 

युथ एडभोकेसी नेपाल यान, नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ÷संस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा करिब तीन सय युवाको सहभागिता थियो । 

 बिहान माइतीघर मण्डलबाट सुरू भएको प्रदर्शनी त्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको हो । 

प्रदर्शनीमा सहभागी युवाले ‘बजार क्षेत्र तथा भिडभाड हुने क्षेत्रमा सिसी क्यामेराको व्यवस्था गरी त्यसको सही अनुगमन गर्नुपर्ने, सार्वजनिक स्थानमा यथेष्ट मात्रामा सम्पूर्ण सुविधासहितको महिलामैत्री शौचालयको व्यवस्था हुनुपर्ने र सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसाको उजुरीका लागि उजुरी डेक्ससहित दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

प्रदर्शनीलाई सम्बोधन गर्दै यानका अध्यक्ष नरेन खतिवडाले सडक, अस्पताल, पाटीपौवा, उद्यान, कार्यालयलगायत सबै सार्वजनिकस्थल लैङ्गिकमैत्री नभएका कारण महिला तथा किशोरी असुरक्षित हुनुपरेको बताए । 

महिला हिंसा अन्त्यका लागि भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन गर्दै कडा कानुन निर्माण गर्नुपर्ने अध्यक्ष खतिवडाको भनाइ छ । 

अभियानकर्मी सञ्जय खड्काले कानुनको कार्यान्वयनसँगै जनचेतनामार्फत महिला हिंसा रोक्नुपर्ने धारणा राखे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ