arrow

 काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुखमा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
kavre-namobuddha.png

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा (एमाले) बाट टङ्कप्रसाद शर्माले पाँच हजार ३४३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याए । 

त्यस्तै उपप्रमुखमा पनि नेकपा (एमाले) बाट रामदेवी तामाङले पाँच हजार १४७ मत ल्याई विजयी भइन् ।  उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमला खनालले चार हजार ४११ मत ल्याए । 

त्यसैगरी उक्त नगरपालिकाको वडा नं ११ मा नेकपा (एमाले) पूरै समूह विजयी भएको छ । उक्त वडाको वडाध्यक्षमा नेकपा (एमाले) बाट कृष्णबहादुर तामाङ विजयी भए  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सानुबाबु तामाङले ३८५ मत ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ