arrow

कांग्रेसका नेताहरूले भने– स्थानीय तहको संख्या चाँडै बढाऊ

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
congress-flag.jpg

काठमाडौं । कांग्रेसका मधेस केन्द्रित सांसद, केन्द्रीय सदस्य र जिल्ला कार्यसमितिका सभापतिहरूले जनसंख्याका आधारमा तराई–मधेसमा स्थानीय तहको संख्या थप गरेर जेठ ३१ मै चुनाव गर्न पार्टी नेतृत्व र सरकारलाई दबाब दिएका छन् ।

स्थानीय तहको संख्य थप गर्ने मुद्दा मधेस केन्द्रित दलहरूको मात्रै नभई आफूहरूको समेत भएको उनीहरूको जोड छ ।

स्थानीय तह संख्या थप गर्नका लागि सुझाव दिन गठित समितिका सदस्य एवं रक्षामन्त्री बालकृष्ण खाँडले शनिबार पार्टी पदाधिकारीसहित मधेसका एघार जिल्लाका सांसद, केन्द्रीय सदस्य र जिल्ला पार्टी सभापतिसँग छलफल गरेका थिए ।

छलफलमा अधिकांशले स्थानीय तहको संख्या थप गरेर मात्रै चुनावमा जान नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य एवं सांसद रामकृष्ण यादवले जनसंख्याका आधारमा तराई–मधेसमा कम्तीमा ९ प्रतिशत स्थानीय तहको संख्या थप गर्नुपर्ने सुझाव आफूहरूले दिएको बताए । 

हाल तराई–मधेसमा ३६ प्रतिशतको प्रतिनिधित्व छ । ‘शीर्ष नेतृत्व र मधेस केन्द्रित दलबीच मधेसलाई ४५ प्रतिशत हुने गरी स्थानीय तहको संख्या थप गर्ने मोटामोटी समझदारी भएको हो,’ उनले भने, ‘४० देखि ४५ प्रतिशत पुर्‍याउन पनि कम्तीमा ६० जति स्थानीय इकाई थप गर्नुपर्ने हुन्छ ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ