arrow

काठमाडौं महानगरमा शाक्यको अग्रता कायमै

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
clean-kathmandu.jpg.jpeg

काठमाडौं । काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता लिएका छन् । 

नेपाली काँग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा (माओवादी केन्द्र)का सर्वाोत्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताए । 

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २६ हजार ४१७, राप्रपाका राजाराम श्रेष्ठले १६ हजार ८२३ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ४५० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २१९ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयको अनुसार अहिलेसम्म ८८ हजार २९१ मतगणना भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ