arrow

पहिलो चरणको मतपरिणामले माओवादी हेर्डक्वाटर खुशी 

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
headquarter_moust.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) हेडक्वार्टर स्थानीय तहको  निर्वाचनबाट प्रप्त जनमतप्रति खुशी देखिएको छ । पार्टी एकीकरण पछि संगठन अस्तव्यस्त भएको अवस्थामा पनि यत्तिको जनमत देखिएकोमा बैठकमा सहभागी नेताहरुले खुशी व्यक्त गरेका हुन् । 

हेर्डक्वाटर बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष पनि निकालेको छ । सोमबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय निकालेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । 

पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो । बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ । 

बैठकले संख्याका दृष्टि दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको बताए। बैठकले पहिलो चरणको निर्वाचनमा देखिएका सीमाहरुको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ