arrow

पोखरा महानगरको १६, १८ र १९ वडामा मतगणना सुरु 

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
mat_ganana4.jpg

काठमाडौं । बिहान ११ बजे सर्वदलीय सहमति गरेर मत गणना सुरु गर्ने भनिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुरु भएको छ । पूर्व सहमति अनुसार महानगरको १६, १८ र १९ वडामा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । 
 
दलीय सहमति अनुरुप विवाद सिर्जना भएको वडामा मतदानकेन्द्रको मुचुल्का खोज्ने र सो हुन्ज्याल पनि अन्य वडाको भने निर्वाचन मतगणना सुचारु राख्नको लागि पटकपटक माईकिङ गरिएको भएपनि साढे ३ बजेसम्म प्रतिनिधिहरु नआईपुगेकोले मतगणनामा ढिलाई भएको हो । उनले विवादित रहेको वडा नं १७ लाई छाडेर वडा नं १६, १८ र १९ को मत गणना गर्ने सहमति दलहरुबीच भएको जानकारी पनि दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ