arrow

मुम्बई तेस्रो पटक आइपीएल च्याम्पियन, पुणेलाई १ रनको चोट

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
IPL_winer.jpg

हैदरावाद । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट दशौँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

आइतबार राति हैदरावादमा भएको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई १ रनले पराजित गर्दै उपाधि जितेको हो । यो सँगै मुम्बई सबैभन्दा वढी तीन पटक उपाधि जित्ने टिम बनेको छ । पुणेको पहिलो पटक उपाधि जित्ने सपना अन्तिम एक रनले चक्नाचुर पारिदियो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले दरिलो प्रदर्शन भने गरेको होइन । मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्यो ।

मुम्बईका लागि कुणाल पाण्ड्याले सर्वाधिक ४७ रन जोडे भने रोहित शर्माले २४, मिचेल जोन्सनले १३, अम्बाती रायडुले १२ र हार्दिक पाण्ड्याले १० रन जोडजम्मा गरे । वलिङतर्फ पुणेका लागि जयदेव उन्डाकट, एडम जाम्पा र डानियल क्रिस्टियनले दुई–दुई विकेट लिए ।
१ सय ३० रनको सामान्य चुनौती पछ्यएको पुणेले प्रारम्भिक ब्याट्सम्यान राहुललाई चाँडै गुमाए पनि अजिन्क्या रहाणे र स्टेभेन स्मिथले सम्हालिएर ब्याटिङ गर्दै दबाबलाई छेक्बार लगाए । रहाणेले ४४ र स्मिथले ५१ रन बनाए । तर त्यसपछि पुणेका लागि महेन्द्र सिंह धोनीले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।

मुम्बई लगातार तीन पटक आइपीएल च्याम्पियन बन्दा, चेन्नाई सुपरकिङ्ग्स र कोलकाता नाइटराइडर्सले समान दुई–दुई पटक उपाधि जितेका छन् । मुम्बईले यसअघि सन् २०१३ र २०१५ मा चेन्नाईलाई हराएर उपाधि जितेको थियो । चेन्नाईले सन् २०१० र २०११ मा लगातार उपाधि जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ