arrow

लहानमा एमाले उम्मेद्वरको वडाबाटै काँग्रेस प्रवेश गर्नेको ओइरो

logo
शम्भु यादव ।
प्रकाशित २०७४ जेठ ९ मंगलबार
congress.jpeg

लहान । नेकपा एमाले लहान नगरपालिकाको मेयरको उम्मेद्वार मुनि साहको वडाबाटै पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेकाे अाेइराे लागेको छ । साहको वडाबाट ५६ घरधुरी काँग्रेसमा प्रवेश गरेका छन् ।

वडा नम्बर ५ मा एमालेबाट दिनेश पासमान, आनन्द साह( मुनि साहको भान्जा), रंजित साह, विश्वनाथ मण्डल, सुनिल गुप्ता, विष्णु परियार, मोहम्मद जलाउदिन, मोहम्मद जियायुल हक, मोहम्मद मुर्तुजा, रामलोचन पासमानलगायत ५६ घरधुरीको व्यक्तिहरुले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका काँग्रेस नगर सभापति सुनिल महतोले जानकारी गराए । उनले, ‘सबै नव प्रवेशीहरुलाई काँग्रेसको सदस्यता प्रदान गरेको भने ।’ लहान नगरमा काँग्रेसमा प्रवेशको लहर चलेको उनले सुनाए ।

केही महिना अगाडी नेकपा माओवादी केन्द्र परित्याग गरी मुनि साह एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशी साहलाई एमालेले उम्मेदवारको रुपमा अगाडी सारेपछि पुराना एमाले कार्यकर्ता रुष्ट देखिएको स्थानीयवासीले सुनाए ।

यता, स्थानीय तहको निर्वाचनको मुखैमा माओवादी छोडेपछि माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताहरुको साह प्रति आक्रोश बढेको छ।
      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ