arrow

दोस्रो चरणको चुनाव : जेठ ३१ को मितिमा कुनै हेरफेर हुँदैन - प्रमुख आयुक्त यादव

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
ayodhi_yadab_.png

विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह थप गर्नुअघि सरकारले निर्वाचन आयोगलाई सोधेको बताएका छन् ।

विराटनगरमा भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले सवै दललाई सहभागि हुने किसिमले स्थानीय तहको संख्या बढाउने गरी अघि बढ्न सहयोग गर्नुस् भनेर प्रधानमन्त्रीले अनुरोध गर्नु भएको थियो, भने ।

प्रमुख आयुक्त यादवले जेठ ३१ को मितिमा हेरफेर नहुने समेत बताए । सरकारको निर्णयलाई लिएर आयोगकै पदाधिकारीहरु विभाजित भएका बेला प्रमुख आयुक्त यादवले भने, ‘अहिलेसम्म आयोगले गरेको विश्लेषण अनुसार जेष्ठ ३१ गते निर्धारण गरिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति हेरफर हुँदैन । तर स्थानीय तहको संख्या वृद्धि गरिएका कारण प्राविधिक र व्यवस्थापकीय समस्या भने आउन सक्छ ।’

प्रमुख आयुक्त यादवले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारीमा आयोग जुटिसकेकाले स्थानीय तहको संख्या थपिएका क्षेत्रमा पुनः मतदात नामवाली निर्माण, निर्वाचनका लागि आवश्यक सामाग्रीको व्यवस्थापन लगायतका उत्पन्न समस्यालाई प्राविधिक रुपमा हल गरी अगाडी बढ्न सकिने बताए । निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने सरकारले स्थानीय तहको संख्या बढाएपछि जेठ ३१ मा चुनाव हुन नसक्ने बताएका छन् ।

आयुक्त दाहालले थपिएको स्थानीय तहको काम तल्लो स्तरदेखिनै गर्नुपर्ने भएकाले २१ दिनमात्र बाँकी रहँदाको समयमा चुनाव हुन नसक्ने बताएका हुन् । यद्यपि, उनले प्राविधि तवर भन्दा पनि आफ्नो व्यक्तिगत विचार रहेको बताए ।

आयोगका सचिव गोपीनाथ मैनालीले सरकारले गरेको निर्णय र निर्धारिण गरिएका स्थानीय तहको खाका कस्तो छ ? कुन वडा कता पारिएको छ भन्ने सबै विवरण आइनसकेकाले यसै भन्न नसकिने बताए । यद्यपि, उनले थपिएका स्थानीय तहमा प्राविधिक दृष्टिकोणले चुनाव लगभग असम्भव हो कि, भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ