arrow

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
lalitpur-chir-babu-mayor.jpg

ललितपुर। ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार  चिरीबाबु महर्जन विजयी भएका छन्। कांग्रेसका चिरीबाबु महर्जनले २४ हजार ६४२ र नेकपा (एमाले)का हरिकृण व्यञ्जनकारले २४ हजार ३२६ मत प्राप्त गरेका छन्।

जम्मा २९ वडा रहेको महानगरमा गए राति मत परिणाम आएको थियो।

यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्याल विजयी भएकिछिन्। उनले१९ हजार ८१९  मत ल्याइन भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन्। 

कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ