arrow

प्रधानमन्त्रीको सम्बोधन : मैले ऐतिहासिक काम गरेको छुँ

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
pm-prachanda-address-1.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा ऐतिहासिक काम गरेको बताएका छन् । सिंहदरबारमा विशेष सम्बोधन गर्दै आफुले ऐतिहासिक काम गरेको बताएका हुन् ।

सवैभन्दा पहिलो ऐतिहासिक काम २० वर्षपछि स्थानीय तहको निर्वाचन गर्नु रहेको प्रधानमन्त्री दाहालले बताएका छन् । लगानी सम्मेलन, ओवीओआर सम्झौता, स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरेको सम्बोधनका क्रममा प्रधानमन्त्रीले बताए ।

काठमाडौं उपत्यकामा दशै अघि नै मेलम्चिको पानी आउने सुनिश्चित भएको प्रधानमन्त्रीले बताए । विदेशमा पसिना बगाएर नेपालको अर्थतन्त्र धानिरहेका युवालाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरे ।

प्रधानमन्त्रीले कुटनीतिक अग्रसरताले छिमेकीसँगको सम्बन्ध सुधार भएको पनि बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ