arrow

प्रधानमन्त्री कप क्रिकेट: सुदुरपश्चिम बिरुद्ध प्रहरीको बलियो प्रदर्शन, ७ विकेटले बिजयी

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
Cricket_PM_Police_FW.jpg

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीले सुदुरपश्चिम बिकास क्षेत्रलाई ७ विकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ। 

टस हारेर पहिले ब्याटीङ गरेको सुदुरपश्चिमले ४८.४ ओभरमा सबै विकेट गुामउँदै १७० रन बनाएको थियो। सुदुरपश्चिमका ज्ञानेन्द्र कुवँरले ४९ रन बनाएका थिए। त्यसैगरि भीम सार्कीले २८ रनको योगदान दिएका थिए। 

३८ रनको स्थितीमा ३ विकेट गुामएको सुदुरपश्चिमकालागि ज्ञानेन्द्र र भीमले चौथो विेकटकालागि ६९ रनको साझैदारी गर्दे बलियो स्थितीमा पुर्‍याएका थिए। १०७ रनको स्थितीमा भीम रनआउट भएपछि प्रहरीले सुदुरपश्चिमलाई सम्हालिन दिएन र ६३ रनमा बाँकी ६ विकेट गुामउँदै सुदुरपश्चिम १७० रनमा समेटिएको थियो। 

प्रहरीका सुशील कंडेलले १० ओभरमा २ मेडेन सहित २१ रन खर्चिंदै ५ विेकट लिएका थिए। त्यसैगरि ललित भण्डारीले ३ तथा आरिफ शेखले १ विकेट लिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको प्रहरीले १७१ रनको लक्ष्य २४.३ ओभरमा ३ विेकट गुमाउँदै पुरा गरेको थियो। प्रहरीका अमित श्रेष्ठले ६३ बलमा ३ छक्का र ८ चौकाको मदतले ७५ रन बनाएका थिए। त्यसैगरि दिलिप नाथले ४० तथा दिपेनद्र सिंह ऐरीले आउट नभई २७ रनको योगदान दिएका थिए। 

सुदुरपश्चिमका सागर भण्डारी , बिकास अग्री र भीम सार्कीले १-१ विकेट लिएका थिए। खेलका प्लेयर अफ द म्याच प्रहरीका सुशील कंडेल घोषित भएका थिए। 

बिहिबारको खेल पुर्वाञ्चल बिकाश क्षेत्र र नेपाल प्रहरिका बिच हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ