arrow

उम्मेद्वार छनौटकालागि कांग्रेसको बैठक बिहिबार, तालमेलका बारेमा पनि निर्णय हुने

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो चरणकालागि महानगर , उप-महानगर र नगरपालिकाहरुमा उम्मेद्वार छनौटकालागि बिहीबारबाट बैठक बस्ने भएको छ। 

स्थानिय तहमा सहमति नभएका स्थानहरुको बारेमा उक्त बैठकले निर्णय गर्ने बताइएको छ। जिल्लाबाटै सहमति भएर आएका नामहरु भन्दा सहमतिमा नआएका ठाउँहरुको बारे छलफल र निर्णय हुने बताईएको छ। 

उक्त बैठकले बाँकी रहेका सबै स्थानमा उम्मेद्वारको टुंगो लगाउने छ भने तालमेल गर्नुपर्ने स्थानहरुबारे पनि छलफल गर्ने जनाईएको छ। स्थानीय स्तरको तालमेल र केनद्रिय स्तरको तालमेलको बिषय पनि बैठकमा प्रवेश गर्ने छ।

स्थानीय आवश्यक्ता अनुसार तालमेल हुने ठाउँहरुको बारेमा स्थानीय तहलाई नै उक्त जिम्मेवारी छाड्ने जानकारी गराईएको छ।

त्यसैगरि प्रदेश नं १,५ र ७को पहाडी क्षेत्रमा माओवादीसँग तालमेल हुन सक्ने छ भने तराईका क्षेत्रहरुमा तालमेलका बारे अझे कुनै टुंगो नलागिसकेकोले बैठकमा गहन छलफल हुने बुझिएको छ। क्षेत्र नं २ र १-५-७का तराईका जिल्लाहरुमा बिशेषगरि आवश्यक्ता अनुसार बिभिन्न तालमेल हुनसक्ने अनुमान गरिएको छ। 

तालमेलका बारेमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादीसँग तालमेल गरेर अघि वढ्नु पर्ने अभिव्यक्ति दिईसकेका छन्। 

नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले काँग्रेस र माओवादीको गणवन्धन कायम हुनुपर्ने बताएका छन्। काँग्रेस र माओवादीको गठवन्धन नेपाली राजनीतिको जवर्जस्ती आवश्यकतामा बनेको उल्लेख गर्दै त्यसको औचित्य नसकिएको सिटौलाले बताएका हुन्। 

काँग्रेस र माओवादीको समिकरण तोड्न विभिन्न कोणबाट प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई तोड्न दिन नहुनेतर्फ काँग्रेस र माओवादीको सचेत पहल हुनुर्ने उनले बताए। 

उक्त बैठकले पहिलो चरणको निर्वाचनको समिक्षा गर्दै अघि बढ्ने बताईएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ