arrow

प्रचण्डको उच्च प्रशंसा गर्दै देउवाले निकाले वक्तव्य (पूर्ण पाठसहित)

सरकार परिवर्तनले दोस्रो चरणको चुनाव प्रभावित नहुने

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालको उच्च प्रशंसा गर्दै वक्तव्य जारी गरेका छन् ।

सभापति देउवाले वक्तव्यमा भनेका छन्, ‘यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाइँ दिन चाहन्छु । यस उपलब्धिका लागि सहयोग गर्ने सबै राजनीतिक दलहरु र सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ सभापति देउवाले काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा गर्नु भएको भन्दै धन्यवाद दिएका छन् ।

उनले सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन समेत देउवाले भनेका छन् ।
वक्तव्यको पूर्ण पाठ

जेठ १०, २०७४
प्रेस वक्तव्य

नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच मूलतः नेपालको संविधानको स्वीकार्यता विस्तार गर्न, स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गरी संविधान कार्यान्वयन गर्न तथा मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धि तर्फ लैजाने उद्देश्यका साथ राजनीतिक सहमति भई वर्तमान सरकार गठन भएको हो ।

सरकार गठन भएको दश महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम भएको छ । १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको छ । सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको छ । यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ ।

यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाइँ दिन चाहन्छु । यस उपलब्धीका लागि सहयोग गर्ने सबै राजनीतिक दलहरु र सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच भएको सहमति अनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।

नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

शेरबहादुर देउवा
सभापति



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ