arrow

नेपालमा भएका भद्र सहमतिको यस्तो छ शृंखला

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । सरकार गठनमा अहिलेसम्म भएका भद्र सहमतिहरू यस्ता छन् । 
१, गिरिजा–प्रचण्ड भद्र सहमति
०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनअघि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति भएको थियो । 

निर्वाचनपछि माओवादी पहिलो शक्तिकेन्द्र बन्यो । कोइरालाले प्रचण्डलाई लामो समय सरकार गठनको बाटो खोलिदिएनन् । 

प्रचण्डले त्यसबेला कोइरालालाई राष्ट्रपति स्विकारेनन् । सहमति कार्यान्वयन नगरेर कमजोरी भएको टिप्पणी प्रचण्डले सार्वजनिक रूपमै गर्दै आएका छन् ।

२, झलनाथ–प्रचण्ड भद्र सहमति
माधव नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीको समर्थनमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बन्यो । 

माओवादी अध्यक्ष प्रचण्डकै शब्दमा त्यसबेला खनाललाई ‘छापामार शैली’मा प्रधानमन्त्री बनाइएको थियो ।

२३ माघ ०६७ मा खनालले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ६ महिनापछि उनले माओवादीलाई सरकारको नेतृत्व छोडने भद्र सहमति बनेको थियो । 

तर, सो सहमति पालना नभएपछि सातै महिनामा खनाल सरकार ढल्यो । 

त्यसपछि १२ भदौ, २०६८ मा वावुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो ।

 ३, सुशील, प्रचण्ड– ओली भद्र सहमति
संविधान जारी गर्ने बेला प्रमखु तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका मुख्य तीन नेताकाबीच एक खालको सहमति बनेको थियो । 

संविधान जारी गरेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री, कांग्रेसका तात्कालिन सभापति शुसिल कोइराला राष्टपति र माओवादीलाई सभामुख बनाउने गरि भद्र सहमति थियो ।

तर , शुसिल कोइरालाले सहमतिय सरकार निर्माणमा असहयोग गदै आफै प्रधानमन्त्रीको उम्मेदवार बन्न आए । 

त्यसबेला भएको भद्र सहमति पनि तोडिएको नेताहरुले सार्वजनिक अभिब्यक्ति दिदै आएका छन् ।

४, ओली–प्रचण्ड भद्र सहमति
२५ असोज २०७२ मा एमाले–माओवादी गठवन्धनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । 

गठवन्धन निर्माण गर्नेवेला दुवै पार्टीका शीर्ष नेताहरु वसेर नयाँ वजेट ल्याउने बेलासम्म ओली प्रधानमन्त्री वन्ने र त्यसपछि प्रचण्डले सरकारको नेतृत्व गर्ने गरि तीन वुँदे भद्र सहमति भएको थियो । 

उक्त समझदारी पत्र पछि सार्वजनिक नै भयो । तर ओलीले भद्र सहमति अनुसार माओवादीलाई सरकारको नेतृत्व हसतान्तरण गर्न तयार भएनन् ।

प्रचण्डले नै उनी विरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याए र ओली सरकार ढल्यो ।

५, देउवा–प्रचण्ड भद्र सहमति
ओली सरकारको वर्र्हिगमनसँगै काग्रेस–माओवादी नयाँ गठवन्धन निर्माण भयो । 

त्यसबेला देउवा–प्रचण्डबीच थप अर्को भद्र सहमति पनि भयो ।

स्थानिय तहको चुनावसम्म प्रचण्ड र प्रदेश र केन्द्रको चुनाव देउवा प्रधानमन्त्री भएर गर्ने दुई दलबीच भद्र सहमति भएको थियो । 

तर भद्र सहमति पालना हुँदैन भन्ने आरोप लागिरहेका बेला प्रधानमन्त्रीले नेपाली राजनीतिमा नैतिकता र इमान्दारिताको खडेरी तोडनका लागि आफुले राजनामा दिएको घोषणा गरे । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ