arrow

सहादत प्राप्त गोर्खा सैनिकहरुको हिमाञ्चल प्रदेशमा पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार 

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
gorkha-sainik1.jpg

फलेवास । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । 

भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो । 

शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती भएका थिए । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । 

उनी राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ । 

यसैगरी कास्कीको नगिधर गाउँका गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । 

उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् । 

त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । 

उनको पत्नी कल्पना पुन र दुई सन्तान छन् । तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ