arrow

कांग्रेस बर्दियाको उम्मेद्वार घोषणा, २ तहको टुङ्गो काठमाडौंबाट

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
Bardiya--congress.png

बर्दिया । लामो समयको छलफलपछि नेपाली कांग्रेसले आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका उम्मेद्वारको नाम सार्वजनिक गरेको छ। पार्टी भित्रका धेरै आकांक्षीलाई मनाउदै दुई नगरपालिकाको उम्मेद्वारको नाम थाती राखेर बाँकी ६ वटा स्थानीय तहका उम्मेद्वारको नाम घोषणा गरेको हो।

नेपाली कांग्रेस बर्दियाले सदरमुकाम गुलरिया नगरपालिकाको मेयर पदका लागि मुक्तिनाथ यादव (किट्टु) को नाम सार्वजनिक गरेको छ भने उपमेयर पदमा सुशीला गिरीको नाम सार्वजनिक गरेको हो।

राजापुर नगरपालिकाको मेयर पदमा दीपक जंग शाह तथा उपमेयर पदमा तारा चौधरी छन्। त्यस्तै बारबर्दिया नगरपालिकाको मेयरमा परशुराम चौधरी, उपमेयरमा कोपिला गिरी रहेको पार्टीले जनाएको छ।

बाँसगढी नगरपालिकाको मेयरमा गंगाधर पौडेल र उपमेयरमा रत्ना चौधरी छन्।

गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा जवान सिंह केसी. उपाध्यक्षमा हेम कुमारी चौधरी रहेका छन्। बढैयाताल गाउँ पालिकाको अध्यक्षमा मानबहादुर वुढा र उपाध्यक्षमा भगनदैया चौधरी रहेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ।

मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आकांक्षीको संख्या धेरै भएपछि निर्णय गर्न नसक्दा केन्द्रमा नाम पठाइएको छ।

स्थानीय तहका सबै वार्डमा उम्मेद्वारको टुङ्गो लागि सकेको नेपाली कांग्रेस जिल्ला कार्य समिति बर्दियाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ