arrow

निर्वाचन आयोगले भन्यो–थपिएका स्थानीय तहमा जेठ ३१ मै चुनाव गर्न सकिँदैन

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
election-local-2017.jpg

काठमाडौं । निर्वाचन आयोगले सरकारले थप गरेका स्थानीय तहमा जेठ ३१ गते चुनाव गर्न असम्भव रहेको जनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्थानीय तह परिवर्तनसम्बन्धि मन्त्रिपरिषद् बैठकको निर्णयको औपचारिक पत्र प्राप्त भएको भएसँगै विहिबार बसेको आयोगको बैठकले थपिएका स्थानीय तहमा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गराउन असम्भव रहेको निश्कर्ष निकालेको हो ।

फेरबदल भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्यालगायतको विस्तृत विवरण राजपत्रमा प्रकाशित भएपनि निर्वाचन प्रयोजनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आयोगमा उपलब्ध गराउने व्यवस्था रहेपनि अहिलेसम्म विवरण आयोगमा नआएका आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ गतेसम्ममा गाउँ तथा नगरपालिकाको केन्द्रमा लैजान प्राविधिक रुपमा सम्भव नरहेको आयोगको भनाई छ ।

मतदाताको परिवर्तित ठेगाना अनुरुप मतदाता परिचयपत्र छपाई गरी जेठ २७ सम्मा सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने पनि आयोगले स्पष्ट पारेको छ । निर्वाचनका जानकारहरुले छपाइको सुरक्षामा समेत प्रश्न उब्जिने बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले मधेसका १२ जिल्लामा २२ गाउँपालिका थप्ने निर्णय गरेको थियो । सरकारको निर्णय लगत्तै  चुनाव हुने नहुनेमा अन्योलता बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ