arrow

मकवानपुरमा उठेका आधादर्जन पत्रकारमा तीन जना जनप्रतिनिधि

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
hetauda-uml-result-1.png

हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका तीनजना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट छ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए । 

पत्रकार सवीन न्यौपाने हेटौँडा–१ का वडाध्यक्ष, नवीन सिग्देल हेटौँडा वडा नं ४ का वडाध्यक्ष र देवराज रिमाल हेटौँडा–७ का वडा सदस्यमा निर्वाचित भए । 

निर्वाचनमा होमिएका नेपाली काँग्रेसबाट एक, नेकपा एमालेका तर्फबाट तीन र नेकपा माओवादी केन्द्रबाट एकमध्ये एमालेका कुमार नेगी थाहा–३ को वडाध्यक्षमा, धु्रवराज ढकाल र सन्तोष न्यौपाने हेटौँडा–१० को वडाध्यक्षमा पराजित भए । 

युवा पुस्ताका पत्रकार सवीन न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न सङ्घसंस्थामा सक्रिय हुनाले काँग्रेस हेटौँडा १ नं एकाइ समितिले सर्वसम्मत उम्मेदवारका रुपमा पार्टीमा सिफारिस गरेको थियो । 

उनी साझा कुरा राष्ट्रिय दैनिकका प्रकाशक र सम्पादकसमेत हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ