arrow

पोखरा लेखनाथ महानगरपालिकामा एमालेले जित्यो, काँग्रेस कमजोर

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
kaski-pokhara1.png

पोखरा । नेपालकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकामा एमाले विजयी भएको छ । एमालेले मेयर र उपमेयर दुवै पदमाथि कब्जा जमाएको हो ।  

मेयरमा मानबहादुर जिसी ६०,४२३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी रामजी कुँवरले ४६,४११ मतमात्र ल्याउन सके । जिसीले १४,०१२ मतको अन्तरले जित हासिल गरेका हुन् । 

त्यस्तै उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी मञ्जुदेवी गुरुङले ५६,४४८ मत ल्याएर जित निकालिन् । गुरुङकी प्रतिद्धन्द्धी काँग्रेसकी सरस्वती गुरुङले ४४,३३८ मतमात्र ल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ