arrow

प्रम कप क्रिकेट: पुर्वाञ्चल र सुदुरपश्चिमले अंक बाँडे, समुहको खेल रोमाञ्चक मोडमा 

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
Cricket_PM_Rain.jpg

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र र पुर्वाञ्चल बिकास क्षेत्र बिचको खेल बर्षातका कारण रद्द भएको छ। दुवै टोलीले १-१ अंक बाँडेका छन्। 

टस जितेर पहिले ब्याटीङ गरेको सुदुर-पश्चिमाञ्चल ४५.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बानउन सफल भएको थियो। उसकालागि बिजय रानाले ५५ रन बानएका थिए भने सन्तोष भट्टले २२ रनको योगदान दिएका थिए। पुर्वाञ्चलले २३ रन अतिरिक्तका रुपमा दिएको थियो। 

पुर्वाञ्चलका पुष्प थापा र सागर ढकालले ३-३ विकेट लिएका थिए। सागरले किफायती बलिङ गर्दै १० ओभरमा १ मेडेन सहित मात्र १८ रन खर्चेका थिए भने पुष्पले ९.२ ओभरमा ३१ रन खर्चेका थिए। 

जवाफमा ब्टयाटीङ गर्न ओर्लेको पुर्वाञ्चलले ४ ओभरमा २२ रन बानउने क्रममा ४ विकेट गुमाईसकेको थियो। सुदुर-पश्चिमका बिनोद लामाले ३ विकेट लिएका थिए।

तयसपछि परेको पानी नरोकिनाले खेल रद्द भएको थियो। अंक बाँडेको सुदुरपश्चिमलाई सेमीफाईनल पुग्न भोलि हुने आर्मी बिरुद्धको खेलमा जित्नु पर्ने स्थिती सृजना भएको छ। आर्मीको १ खेलबाट २ अंक रहेको छ भने नेपाल प्रहरीको २ खेलबाट ४ अंक रहेको छ। 

सुदुरपश्चिमले आर्मी बिरुद्धको खेल जितेमा पर्सी (आईतवार) हुने आर्मी र प्रहरीको खेलमा समीफाईनल पुग्न आर्मीले जित्नु पर्ने हुनेछ। प्रहरिले २ केलमा ४ अंक जोड्दै सेमीफाईनलको स्थान पक्का गरेको छ भने पुर्वाञ्चल प्रतियोगिताबाट बाहिरी सकेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ