arrow

सार्वजनिक चासोको विराटनगरमा कस्ता उठ्दैछन् उम्मेदवार ?

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
Morang_District.png

विराटनगर। दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मोरङका १७ मध्ये ११ तहका उम्मेदवारहरुको टुङ्गो लगाएको छ । नेकपा एमालेको प्रदेश कमिटिले ५ वटा नगरपालिका र ६ वटा गाँउपालिकाका उम्मेदवारको टुङ्गो लगाएको हो ।

 नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठका अनुसार मोरङका उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, रंगेली र सुनवर्षि नगरपालिकाका मेयर तथा उपपेयरको टुङ्गो लागेको हो । यस्तै कानेपोखरी, मिक्लाजुङ, धनपालथान, कटहरी, ग्रामथान,केराबारी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको टुङ्गो लागेको हो ।

एमालेले मोरङको उर्लाबारीमा मेयरमा भूपाल जीमि र उपपेयरमा लक्ष्मी भण्डारीलाई उम्मेदवार बनाएको छ । यस्तै पथरीशनिश्चरेमा दिलिप कुमार राई (किशोर) र यमुना बिष्ट ( बाँस्तोला ) लाई क्रमश मेयर उपमेयरको उम्मेदवार बनाएको छ । लेटाङ नगरपालिकामा भूपेन्द्र लावती मेयरको उम्मेदवार बनेका छन् भने कृष्णकुमारी निरौला उपमेयरको उम्मेदवार भएकि छन् । सुनवर्षी नगरपालिकामा हसन इमाम बक्स मेयर तथा मीरादेवी दास उपमेयरको उम्मेदवार बनेका छन् । रंगेली नगरपालिकामा सन्तोषकुमार साह मेयरका उम्मेदवार बनेका छन् भने उषा झा ठाकुर उपमेयरको उम्मेदवार बनेकी छन् ।

  यस्तै मोरङको मिक्लाजुङ्ग गाउँपालिकाको प्रमुख– उपप्रमुखमा क्रमश देवी आचार्य र सरला राई उम्मेदवार बनेका छन् भने कानेपोखरी गाउँपालिकाको प्रमुखमा ताराबहादुर काफ्ले र उपप्रमुखमा राजकुमारी इङ्नाम उम्मेदवार बनेकी छन् ।

धनपालथान प्रमुखको उम्मेदवार मुसहरु मण्डल र उपप्रमुखमा उपासीदेवी राजवंशीले टिकट पाएका छन् भने ग्रामथान गाउँपालिकाको प्रमुखमा शिवनारायण माझि थारु र उपप्रमुखमा गुणावतीदेवी थारु धामी उम्मेदवार बनेका छन् । यस्तै कटहरी गाउँपालिकाको प्रमुखमा मुक्तिनारायण राजवंशी र उपप्रमुखमा सुमनकुमारी सरदार तथा केराबारी गाँउपालिकामा नवीन थापामगर प्रमुखको उम्मेदवार बने भने उपप्रमुखको उम्मेदवार शान्ती लिम्बुलाई बनाएको छ ।  

बाँकी विराटनगर महानगरपालिका सहितका ६ स्थानीय तहका उम्मेदवार पनि चाँडै टुङ्ग्याइने नेकपा एमालेकी केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।
 
यसैगरी  दुईसाता अघिनै विराटनगरको  मेयर उपमेयरको टुङ्गो लगाएको माओवादी केन्द्रले शुक्रवार सम्म जिल्लाका १७ मध्ये १५ स्थानीय तहको उम्मेदवार टुङ्गो लगाइसकेको छ ।

माओवादी केन्द्रले मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई अघि सारेको छ । केन्द्रले उर्लावारी नगरपालिको प्रमुखमा राजेश पौडेललाई अघि सारेको छ भने उपप्रमुखको टुङ्गो लगाउन सकेको छैन । रंगेली नगरपालिकामा दिलिप अग्रवाललाई मेयर र केशवकुमारी खराललाई उपमेयरको उम्मेदवार वनाएको छ । सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशीलाई उम्मेदवार वनाएको केन्द्रले उपमेयरको टुङ्गो लगाउन वाँकी छ ।

 कानेपोखरी गाउपालिकामा सुर्य धिमाललाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले उपप्रमुखको टुङ्ग्याउन बाँकी छ । धनपालथान गाउपालिकामा उपप्रमुख बाँकी राखेर विक्रम पासवानलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

ग्रामथान गाउपालिकामा रमेश भगत थारु र उपप्रमुखमा रेनुका चौधरी थारु माओवादी केन्द्रका उम्मेदवार बनेका छन् । कटहरी गाउँपालिकामा केन्द्रले प्रमुखमा भोगेन्द्र यादवलाई अघि सारेको छ ।

माओवादी केन्द्रले पथरी शनिश्चरे नगरपालिकाको मेयरमा जहरमान लिम्वु र उपमेयरमा राधिका गौतमलाई उम्मेदवार तय गरेको छ । भने वेलवारी नगरपालिकाको मेयरमा तिलक राई र उपमेयरमा शुशिला भ¤राईलाइ उम्मेदवार वनाइएको छ ।

 रतुवामाई  नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा प्रकास पौडेल र उपमेयरमा जुवा स्वरेनलाई तय गरेको छ ।

 जदाहा गाउपालिकामा माओवादी केन्द्रका तर्फवाट राजकुमार यादव र लेटाङ नगरपालिकामा माओवादी केन्द्रको तर्फवाट मेयर र उपमेयरमा गोपाल नेपाली र शान्ता राई उम्मेदवार वनेका छन् । यसैगरी मिक्लाजुङ गाउपालिकाको प्रमुखमा माओवादी केन्द्रले प्रेम विभक लिम्वुलाई उम्मेदवार बनाएको छ ।

यसैगरीनेपाली कांग्रेस र राप्रपाले भने जिल्लाका १७ स्थानीय तह मध्ये २ तहका उम्मेदवार मात्रै टुङ्गयाएका छन् । नेपाली कांग्रेसले उर्लाबारीको मेयरमा खड्ग फागो र उपमेयरमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ । यस्तै केराबारी गाउँपालिकाको प्रमुखमा रोहित कार्की र उपप्रमुखमा कल्पना कटुवाल राईलाई उम्मेदवार बनाएको छ ।

 राप्रपाले समेत मोरङका दुई नगरपालिकामा मेयरका उम्मेदवार टुङ्गो लगाएको छ । मोरङ पथरी शनिश्चरे र सुनवर्षी नगरपालिकामा राप्रपाले टुङ्गो लगाएको हो । राप्रपाले पथरीशनिश्चरेको मेयरमा हेमा ढुङ्गाना र सुनवर्षी नगरपालिकामा जवुरुदिन मियाँलाई उम्मेदवार वनाएको हो ।
 

 



लोकप्रिय समाचार
नयाँ