- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भिंग्री । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले लोकतन्त्र, संघियता र गणतन्त्र समाप्त पार्न एमाले कम्मर कसेर लागेको बताएका छन् ।
नेपाली काँग्रेस स्वर्गद्धारी नगरसमितीले प्यूठानको भिंग्रीमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै उनले एमाले गफ चुटेर जनता भ्रमित पार्ने पार्टी भएको पनि बताए ।
उनले जातिय सदभाब बिथोलेर एमालेले देशलाई बिखन्डनमा लैजान लागेको बताउँदै एमालेको भूल–भूलैयामा नलाग्न जनतालाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस प्यूठानका सभापति अमर भन्डारी, पूर्वसभापतिहरू दिवाकर गौतम, सुवास केसी लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी र माओबादी केन्द्र परित्याग गरी १७५ जना काँग्रेसमा प्रवेश गरेका थिए ।