- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगको दुई हप्ताको मेहनतपछि बल्ल सबैभन्दा बढी जनसंख्या भएको काठमाडौं महानगरपालिकामा सबै ३२ वटै वडाको मतगणना सकियो ।
महानगरमा एमालेका पूर्व वडाध्यक्ष विद्यासुन्दर शाक्यले प्रमुखका रुपमा एमालेको झण्डा गाड्दा उपप्रमुखमा विजयी हुँदै हरिप्रभा खड्कीले काँग्रेसको झण्डा गाडेकी छिन् ।
३२ वडामध्ये एमालेले १७ तथा काँग्रेसले १५ वटा वडामा झण्डा गाडेका छन् । एमालेले वडा नम्बर १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७ र ३२ मा वडाध्यक्ष जितेको छ ।
काँग्रेसले वडा नम्बर ५, ६, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९, ३०, ३१ मा वडाध्यक्ष जितेको छ ।