arrow

यस्तो भयो काठमाडौंको चुनावमाः माओवादी केन्द्र र साझा पार्टीको धरौटी जफत

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
Maobadi-Kendra-ko-logo.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्तारूढ दल माओवादी केन्द्रको मेयर र उपमेयर उम्मेद्वारको जमानत जफत भएको छ । 

मेयरका उम्मेद्वार सर्वोत्तमदास डंगोल र उपमेयरकी उम्मेद्वार सुशीला पौडेल दुबैको जमानत जफत भएको हो ।

डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् । 

खसेको कुल मत मध्ये डंगोलले ४।१३ प्रतिशत मत ल्याए भने पौडेलले  ५।४६ मत ल्याइन् ।

माओवादी केन्द्रका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले काठमाडौं महानगरमा संगठन कमजोर भएका कारण हार्नु परेको बताएका छन् ।

 स्थानीय तह निर्वाचनको नियमावली अनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेद्वारको जमानत जफत हुने प्रावधान छ ।

उक्त प्रावधान अनुसार काठमाडौंमा माओवादी केन्द्रका मेयरसहित २५ जनाको नजमानत जफत भएको छ । 

छोटो समयमा चर्चा कमाएका साझा पार्टीका उम्मेद्वार किशोर थापाले पनि जमानत जोगाउन सकेनन् ।

थापाले १८ हजार ४ सय ९६ अर्थात ९.६८ प्रतिशत मत ल्याएका थिए । 

काठमाडौं महानगरपालिकामा एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो । जसमध्ये १ लाख ९१ हजार ४१ मत सदर भएको थियो । 

यसरी धरौटी जोगाउन कम्तिमा १९ हजार मत ल्याउनुपर्ने थियो ।
काठमाडौंबाट एमाले, कांग्रेस र विवेकशील नेपाली दलले मात्र जमानत जोगाएको थियो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ