arrow

झापामा माओवादीको उम्मेदवारी घोषणा धमाधम

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
Election_logo_Maoist-750-1-750.jpg

बिर्तामोड (झापा)। नेकपा (माओवादी केन्द्र)ले झापाका स्थानीय तहमा उम्मेदवारी घोषणा धमाधम गरिरहेको छ। पार्टीले आसन्न चुनावलाई लक्षित गरेर औपचारिक कार्यक्रममार्फत उम्मेदवार चिनाउन थालेको हो।

यसैक्रममा पार्टीले झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षसहित सबै वडामा उम्मेदवार तय गरी घोषणा गरेको छ। सो गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर तिम्सिना र उपाध्यक्षमा अस्मितकला लिम्बूसहितका उम्मेदवार सार्वजनिक गरिएको हो।

पार्टीले वडा नं १ को वडा अध्यक्षमा पूर्णप्रसाद सञ्जेल, वडा नं २ मा दिवामाया अधिकारी, ३ मा डिल्लीराम श्रेष्ठ, ४ मा नारायण ढुङ्गाना, ५ मा विक्रम सालिङ, ६ मा प्रदीप खतिवडा र ७ मा मात्रिका पौडेललाई उम्मेदवार बनाइएको छ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता निर्वाचन प्रचारप्रसार समितिका संयोजक बोधराज दाहालले गरेका थिए। उम्मेदवारी घोषणासँगै पार्टीले बुद्धशान्तिलाई देशकै नमुना गाउँ बनाउने ३२ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ