- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मुसलमानहरुको पर्व रमजानको अवसरमा रेमिटेन्स कम्पनी आईएमईले कतारबाट आईएमई गर्दा घडी उपहार दिने भएको छ । कम्पनिले कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहार दिने व्यवस्था गरेको हो ।
उक्त योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् । सोहि कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्ने कम्पनिले जनाएको छ । योजना मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।