arrow

बाजुरामा दुर्घटना भएको विमानका क्याप्टेनको मृत्यु, दुई घाइते

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
biman-cc.jpg

काठमाडौँ । नेपाली सेनाको कार्गो विमान दुर्घटनामा चालकको मृत्यु भएको छ, सहचालक र अर्का एक जना घाइते भएका छन् ।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा नजिकैको खेतमा खसेको हो ।

क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सहचालक अनिता आले तथा सुबेदार पूर्ण बहादुर खड्का घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार उनीहरुलाई सीता एयरको विमानबाट उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर लगेको विमान खराब मौसमका कारण दुर्घटनामा परेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले बताए ।

खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो ।

अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा खसेको  सेनाले जनाएको छ । विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको  बताए । उनले भने, ‘दुर्घटनापछि जहाजमा लागेको आगो लाग्यो ।’ आगो प्रहरी र सेनाले निभाए ।

गएको शनिबारमात्रै सोलुको लुक्ला विमानस्थलमा अवतरण गर्नै लागेको गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ