arrow

राष्ट्रिय महिला फुटवल प्रतियोगिता सुरु, स्याङ्जा र रौतहट विजयी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ १६ मंगलबार
mahila-football1.png

स्याङ्जा । अखिल नेपाल फुटवल संघ केन्द्रिय कार्यालयको निर्णय अनुसार राष्ट्रिय स्तरको एन्फा महिला लिग च्याम्पियनसिप फुटवल प्रतियोगिता स्याङ्जामा सुरु भएको छ । २८ जिल्लाको सहभागिता रहने गरी शुरु भएको राष्ट्रिय महिला लिग फुटवल प्रतियोगिता स्याङ्जामा आजबाट शुरु भएको हो । स्याङ्जामा १४ र पाल्पामा १४ गरी आयोजना गरिएको फुटवल प्रतियोगितामा स्याङ्जामा १४ जिल्लाका खेलाडीहरुको प्रतियोगिता हुने एन्फा स्याङ्जाले जनाएको छ ।

पहिलो चरणको महिला लिग फुटवल प्रतियोगितामा ६ जिल्लाका महिला खेलाडीहरु विच प्रतिस्पर्धा भएको थियो । स्याङ्जा र धनकुटा विच भएको फुटवल प्रतियोगितामा स्याङ्जाले धनकुटालाई १ का विरुद्ध १३ गोल गरी विजयी हासिल गरेको छ । स्याङ्जा र धनकुटाको खेल शुरु भएको ७ मिनेटमा स्याङ्जाकी जर्सी नं. ९ सावित्रा भण्डारीले पहिलो गोल गरेर खाता खोलेकी थिइन् । भण्डारीले मात्रै ९ गोल गर्न सफल भएकी छन् । यसै गरी सुनसरी र बाँके विच भएको खेलमा दुवै जिल्लाको खेल बराबरीमा टुङ्गिएको छ ।  यसै गरी पाँचथर र रौतहट विच भएको खेलमा रौतहटले पाँचथरलाई शुन्यका विरुद्ध १५ गोलको अन्तरले विजयी भएको छ ।  

स्याङ्जाको वालिङमा पहिलो पटक आयोजना हुन लागेको महिला राष्ट्रिय फुटवल प्रतियोगितामा १४ जिल्लाका महिला फुटवल खेलाडीहरुको सहभागिता रहने छ भने पाल्पामा हुने प्रतियोगितामा १४ जिल्लाको सहभागिता रहने एन्फा स्याङजाका अध्यक्ष एलवि ज्वारचनले जानकारी दिए । स्याङजा र पाल्पा एक—एक सेमिफाईनल खेल हुने तथा फाईनल खेल पाल्पाको तानसेनमा हुनेछ । २४ गते सम्म हुने सेमिफाइनल खेल स्याङ्जामा र फाइनल खेल पाल्पामा हुने गरी महिला फुटवल लिग प्रतियोगिता संचालन गरिएको एन्फाले जनाएको छ ।

स्याङ्जाको वालिङमा शुरु भएको महिला राष्ट्रिय फुटवल लिगको अन्तिम फाइनल भने पाल्पामा हुने एन्फा स्याङ्जाले बताएको छ । विजेता र उपविजेताले पुरस्कार क्रमस ३ लाख र १ लाख ५० हजार तोकिएको छ भने विभिन्न पाँच विधामा जनही १५ हजारका दरले पुरस्कार प्रदान गरीने छ  । पुरस्कार, आवास र यातायात खर्च केन्द्रिय समितिले व्यहोर्ने र व्यवस्थापन खर्च स्थानीय एन्फाले व्यहोर्ने एन्फा स्याङ्जाका अध्यक्ष एलवि ज्वारचनले बताए । फुटवल खेलको नवनिर्वाचित वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले उदघाटन गरेका थिए ।  बुधवार हुने खेलमा नवलपरासी र इलाम, मोरङ् र धनुषा, वारा र बर्दियाबीच हुने आयोजकले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ