arrow

रोल्पाका कृषक समूहलाई कृषि औजार, उपकरण तथा ढुवानी साधनहरु हस्तान्तरण

logo
कविता उपाध्याय, 
प्रकाशित २०७४ जेठ १७ बुधबार
krishi_hastantaran.jpg

लिबाङ (रोल्पा) । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुलाई मंगलबार कृषि औजार, उपकरण तथा ढ्वानी साधनहरु हस्तान्तरण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी डा. डिनन भट्राइले एक भब्य समारोहका वीच कृषकहरुलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् । यसैवीच डा. भट्राइले सरकारले कृषि क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्न कृषकहरुलाई अनुरोध गरेका छन्  । उनका अनुसार कृषहरुलाई ग्रामीण कृषिको प्रबद्र्धन गर्न र ब्यवसायिक कृषि संचालन गर्न यो कार्यक्रमले थप सहयोग गर्ने आशा राख्दै अबका दिनमा कृषकहरु यस क्षेत्रबाट गुजारा चलाउन मात्र होइन आत्म निर्भर बन्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय रोल्पाका योजना अधिकृत लोकराज सुवेदीले जिल्लामा कार्यालय मार्फत पहिलो वर्ष मकै  र अलैचिको ब्लक कार्यक्रम संचालन भइरहेको जानकारी दिए । उनीँका अनुसार मकै ब्लक अन्तर्गत जिल्लाका साविकका ८ गाविसका ३० वटा समूहहरुलाई मिनी टिलर सानो ५.८ एच पी, मिनी टिलर ९ एच पी, थ्रेसर र मकै रोप्ने मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए । 

यस्तै कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले ब्यवसायिक खेतीमा सफलता हासिल गर्नका लागि आधुनिक कृषि प्रणालीमा जानुपर्ने भएको हुँदा कृषकहरुका लागि यो महत्व पूर्ण अवसर भएको बताए । बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले कृषकहरुलाई प्राप्त साधन र श्रोतको सही सदुपयोग गर्न सके अवश्य पनि सफलता हातपार्न सकिने सुझाव दिएका छन् । 

मकै ब्लक कार्यक्रम अन्तर्गत मेसिनरी सामाग्री खरिदमा मात्र करिव ३० लाख खर्च हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले जानकारी दिए ।आधुनिक कृषि किसान संसार भरतपुर ९ बाट कृषि उपकरण उपलब्ध गराइएको कम्पनी संचालक राजाराम तिवारीले जानकारी दिए । विगतका दिनमा परम्परागत कृषि प्रणालीबाट खेती गर्दै आएका कृषकहरु नयाँ प्रविधिबाट अगाडि बढ्न पाएकोमा निकै हर्षित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ