arrow

काठमाडौं महानगरपालिकाका सबै वडामा निरन्तर सफा गरिने

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
dirty-kathmandu.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने भएको छ । 

गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरिसकेका छन् । 

तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना राखेको छ । 

सोअभियानअन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् । 

सफा गरिएको दिन सङ्कलित धुलो टेकु ल्याइने महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । 

बुधबार पद तथा गोपनीयताको शपथ गरेपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा सफाइको काम सुरुआत गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ