arrow

सात हजारभन्दा बढी बालबालिका बेपत्ता

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
Rape.jpg.jpeg

काठमाडौं । आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका सात हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन् । 

केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ । 

‘यसबाहेक घरेलु कामदार, प्रलोभन–उक्साहट तथा प्रतिशोधका कारण घरबाट हिँडेका बालबालिका फिर्ता नभएको देखिन्छ,’ उनले भने ।

बालबालिका हराउँदा सूचना दिने तर फेला परेपछि जानकारी नदिँदा समेत बेपत्ता संख्या वृद्धि भएको उनले आशंका गरे । 

दुई वर्षअघि गएको भूकम्पका कारण घरवारबिहीन बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ । 

हराएका बालबालिकामध्ये धेरैजसो स्थलमार्ग हुँदै भारत पुर्‍याएको हुनसक्ने सरकारी अधिकारीहरूको आशंका छ । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ