arrow

नेपालका ९१ प्रतिशत जनताको घरधुरीमा आधारभूतस्तरको शौचालय

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
toilet.jpeg

काठमाडौँ । नेपालमा एकानब्बे प्रतिशत घरधुरीमा आधारभूतस्तरको शौचालय पुगेको छ । खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ‘अठारौँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका ९१ प्रतिशत जनताको घरधुरीमा आधारभूत स्तरको शौचालय पुगेको जानकारी दिइएको हो ।

सम्मेलनमा विभागका महानिर्देशक तेजराज भट्टले सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त क्षेत्र बनाउने उद्देश्य राखेपनि हालसम्म ९१ प्रतिशत जनताको घरमा शौचालय पुगेको जानकारी दिए । नेपाल दक्षिण एसियामा बङ्गलादेश र श्रीलङ्का पछाडि रहेको छ ।

भट्टले नेपालको संविधान २०७२ ले खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा परिभाषित गरेअनुसार नेपालले खानेपानी र सरसफाइको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, “विभागले आफ्नो स्थापनाकालदेखि नेपाली जनताको घर दैलोमा स्वच्छ पिउने पानी र सुविधा वृद्धि गर्ने काम गरिरहेको छ ।”

यसैगरी नेपालका ७५ मध्ये ३८ जिल्ला खुला दिशामुक्त जिल्ला घोषित भइसकेको र १० जिल्ला घोषित हुने अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘खुला दिशामुक्त गर्नु छ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो स्थानीय नेतृत्व’ भन्ने मूल नाराका साथ जेठ २२ देखि २८ सम्म अठारौँ राष्ट्रिय सरफाइ सप्ताह मनाउन लागेको हो । सरसफाइ सप्ताहले खुला दिशामुक्त नेपाल बनाउने राष्ट्रिय अभियान साकार पार्न छुट्टै पहिचान बोक्ने विभागले जनाएको छ ।

महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले मन्त्रालय पुर्नसंरचना गर्दा खानेपानी तथा सरसफाइसम्बन्धी अलग्गै वा अन्य मन्न्त्रालयसँग गाभिएर भएपनि अस्तित्वमा राख्नुपर्ने माग गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ